PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

कात्तिक आर्यनको 'शहजादा' फेब्रुअरी १० मा रिलिज हुने



पहिलोपोस्ट

कात्तिक आर्यनको 'शहजादा' फेब्रुअरी १० मा रिलिज हुने

बलिउड फिल्म ‘शहजादा' आगामी १० फेब्रुअरी २०२३ मा रिलिज हुने पक्का भएको छ। कार्तिक आर्यन र कृति सेननको मुख्य अभिनय रहने यो फिल्म भ्यालेन्टाइनको अवसरमा रिलिज हुने भारतीय सञ्चार माध्यममा उल्लेख छ।

रोहित धवन निर्देशित यस फिल्ममा मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ। साथै फिल्ममा परेश रावल, रोनित रोय, सचिन खेडेकर, सन्नी हिन्दुजालगायतको अभिनय रहेको छ। टी सिरिजले निर्माण गरेको फिल्मलाई भारत र मौरिससमा छायांकन गर्ने जनाइएको छ।

फिल्म ‘शहजादा’ अल्लु अर्जुन, पूजा हेगडे स्टारर फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। कमेडी एक्सन जनरामा बनेको फिल्मले दुई बच्चा जन्मदै साटिएको र धनी परिवारको शिशु गरिब परिबारमा साटिदाँ ल्याउने उतारचढावको कथालाई समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell