PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

धादिङमा एक महिनामा भेटिए ४९ जना डेङ्गुका बिरामी



पहिलोपोस्ट

धादिङमा एक महिनामा भेटिए ४९ जना डेङ्गुका बिरामी

काठमाडौं : धादिङ  जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्लामा ४९ जना डेङ्गुका बिरामी पहिचान भएका हुन्।

परीक्षण गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६ जना, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना गरि ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो।

पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ। धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell