PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

महोत्तरीमा अचाक्ली गर्मी, घरभित्रै गुम्सिन बाध्य जिल्लावासी



पहिलोपोस्ट

महोत्तरीमा अचाक्ली गर्मी, घरभित्रै गुम्सिन बाध्य जिल्लावासी

काठमाडौं : विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको छ। बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनु परेकाले जिल्लावासीलाई कठिन भएको छ।

अहिले दैनिक जिल्लाको तापक्रम ३८ देखि ४० डिग्रीसम्म पुग्ने गरेको छ। अत्यधिक गर्मीका कारण मानिसहरुलाई घर बाहिर निस्कन सकस भएको छ। गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन् भने घर बाहिरको निर्माणसँग सम्बन्धित कामकाजमा पनि असर परेको छ।

गर्मीका कारण बिहानैदेखि जिल्लाको गाउँ टोल र सहर बजार सबै सुनसान देखिन्छ। गमीले बालबालिका र बृद्धबृद्धालाई बढी असर हुनाका साथै गर्मीका कारण ज्वरो, झाडापखाला, टाईफाईडजस्ता बिरामीको संख्या बढ्दै गइरहेको स्थानीयबासीले बताए। यसैगरि घमौरा र अन्य छालाजन्य रोगले पनि जिल्लाबासीलाई सताउन थालेको छ।

गर्मीका कारण गाउँ गाउँमा रहेका पोखरी, तलाउ, इनार र नदीहरु पनि सुकिसकेकाले मानिससहित पशुपंक्षीलाई खाने पानीको समस्या उत्पन्न भएको स्थानीय बताउँछन्। महोत्तरीमा धान बालीको लागि समेत पानी नपर्दा रोपाई नभएर कतिपय खेती बाँझो रहेको छ भने बजारमा हरियो सागसब्जी पाउन पनि मुस्किल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell