PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काठमाडौं महानगरमा सुरु भयो स्रोतबाट फोहोरको वर्गीकरण अभियान



पहिलोपोस्ट

काठमाडौं महानगरमा सुरु भयो स्रोतबाट फोहोरको वर्गीकरण अभियान

काठमाडौं : फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्र सङ्कलन गर्न थालेको छ। यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो।

आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो। कुहिने र नकुहिने फोहोरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ। 

महानगरले सङ्कलित फोहर उठाउनका लागि दिन तय गरेको छ। यसअनुसार पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहर सङ्कलन गरिनेछ भने मङ्गलबार र शुक्रबार नकुहिने फोहोर उठाइनेछ।

यसरी सङ्कलन गरिएको फोहरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पनि छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ। महानगरको आग्रहलाई बेवास्ता गरी एकै स्थानमा राखिएको फोहर व्यवस्थापनका लागि लगेमा ५०० रुपैयाँ जरिवाना गरिने छ।

जैविक फोहरबाट गड्यौला वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरले अनुरोध गरेको छ। कुहिने तर पुनःप्रयोगमा आउनसक्ने फोहरलाई पुनःप्रयोग गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell