PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँचजना समातिए, मोबाइल र पाँच लाख रुपैयाँ दिने भन्दै भारत पुर्‍याउने योजना



पहिलोपोस्ट

मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँचजना समातिए, मोबाइल र पाँच लाख रुपैयाँ दिने भन्दै भारत पुर्‍याउने योजना

काठमाडौं : मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न गिरोहलाई सार्वजनिक गरेको हो।

प्रहरीले रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको छ। 

भारतमा गएर मिर्गौला दान गरेबापत् प्रतिव्यक्ति पाँच लाख नगद र एउटा नयाँ मोबाईल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सूचना प्रहरीले पाएको थियो। त्यसपछि अनुसन्धानका क्रममा उनीहरुलाई असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

पक्राउ परेका व्यक्तिहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि ब्यूरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell