
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नामिबिया र नेपालबीचको सिरिजको अन्तिम खेलमा नेपाल टस हारेर स्कटल्याण्डविरुद्ध ब्याटिङमा उत्रने भएको छ। स्कटल्याण्डको ग्लासगोमा नेपालले सुरुवाती ब्याटिङ गर्नेछ।
स्कटल्याण्डले यसअघिको खेलमा नेपालसँग पराजय ब्यहोरेको थियो भने नामिबियालाई दुईपटक हराएको थियो। अर्कोतर्फ नेपालले नामिबियासँग दुईपटक पराजय ब्यहोर्दा स्कटल्याण्डमाथि जित निकालेको थियो। घरेलु टोली स्कटल्याण्ड नेपाललाई हराउँदै हारको बदला लिने लक्ष्यमा हुनेछ भने नेपाल स्कटल्याण्डलाई हराएर सिरिजको सुखद अन्त्य गर्ने योजनामा हुनेछ।
नेपाली टोलीबाट अघिल्लो खेल नखेलेका किशोर महतो, बिनोद भण्डारी र करण केसीले टिममा पुनरागमन गरेका छन्।
क्रिकेट विश्वकप लिग २ मा २३ खेलबाट ३२ अंक जोड्दै स्कटल्याण्ड दोस्रो स्थानमा छ भने नेपाल १९ खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा छ।
नेपाली टिम
सन्दीप लामिछाने, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, बिनोद भण्डारी, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, किशोर महतो