PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

माओवादी र भाजपाको सम्बन्ध बलियो बनाउन नड्डाको प्रस्ताव, प्रचण्डले जनाए समर्थन



पहिलोपोस्ट

माओवादी र भाजपाको सम्बन्ध बलियो बनाउन नड्डाको प्रस्ताव, प्रचण्डले जनाए समर्थन
Photo : Shailendra Mishra / DD News

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण फलदायी र उपलब्धीमुलक भएको बताएका छन्। आइतवार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि दाहालले यस्तो बताएका हुन्।

नड्डाको निमन्त्रणमा शुक्रवार दिल्ली पुगेका प्रचण्ड आज भाजपा मुख्यालय पुगेका हुन्। त्यसक्रममा प्रचण्डलाई भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा ब्रिफिङ गरिएको थियो।

 ‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहीत भएको छु,’ उनले भने।

यस्तै, दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा छलफल भएको पनि प्रचण्डले बताए।

‘दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु। कहिले भाजपा र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ,’ प्रचण्डले भने।

दाहालले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यतालिका थियो। तर, मोदीसँगको भेट अहिलेसम्म तय भइसकेको छैन। दाहाल तीन दिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell