PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

एकातिर फ्रि भिसा फ्रि टिकट भन्ने अर्कोतिर ठगिने काम भइरहेको छ, कारबाहीका लागि प्रमाणहरु हुँदैन : श्रम मन्त्री कुँवर



पहिलोपोस्ट

एकातिर फ्रि भिसा फ्रि टिकट भन्ने अर्कोतिर ठगिने काम भइरहेको छ, कारबाहीका लागि प्रमाणहरु हुँदैन : श्रम मन्त्री कुँवर

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जानेहरु ठगिँदा कारबाही गर्न अप्ठेरो भइरहेको बताएका छन्। राज्यले 'फ्रि भिसा फ्रि टिकट'को नीति लागू गरिसकेको भएपनि अहिले पनि वैदेशिक रोजगारीमा जानेहरु ठगिइरहेको उनको भनाइ छ।

मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कुँवरले ठगिँदा प्रमाणहरु नहुने भएकाले कारबाही गर्न समस्या भएको बताए।

'एकातिर फ्रि भिसा फ्रि टिकट भन्ने अर्कोतिर ठगिने काम भइरहेको छ। तर, कारबाहीका लागि प्रमाणहरु हुँदैन। १० हजार पैसा लिएको बिल बनाउने तर टेबुल मुनिबाट दुई/तीन लाख पैसा लिइरहेका पनि छन्,' कुँवरको भनाइ छ।

देशभित्र श्रम गर्न बाहिर देशबाट आउने तर नेपालबाट वैदेशिक रोजगारीमा मात्रै आकर्षण हुने भएकाले नेपालमै रोजगारीको वातावरण बनाउनेतर्फ आफूले ध्यान दिइरहेको उनले बताए।

भारतमा जाने नेपाली श्रमिकहरुलाई अरु देशमा जाने श्रमिककै हिसाबले राज्यले हेर्ने वातावरण बनाउन छलफल थालिरहेको उनको भनाइ छ।

देशभित्र पनि श्रमिकहरुले न्यूनतम पारिश्रमिक पाउने अवस्था धेरै ठाउँमा नभएको भन्दै उनले आफ्नो ध्यान त्यतातिर पनि गइरहेको कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell