PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

नेपालसहित ८ देशमा प्रदर्शन हुँदैछ प्रदीप अभिनित फिल्म 'प्रकाश'



पहिलोपोस्ट

नेपालसहित ८ देशमा प्रदर्शन हुँदैछ प्रदीप अभिनित फिल्म 'प्रकाश'

काठमाडौं : भदौ १० गतेबाट प्रदर्शन हुने प्रदीप खड्का अभिनित फिल्म 'प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुने भएको छ। बिनिस इन्टरटेनमेण्टले नेपालसहित भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मध्य-पूर्वी देशहरुमा एकसाथ चलचित्र प्रदर्शन हुने जनाएको छ।

उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको बताइएको छ। साथै, अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुङ्गो लाग्ने निर्माता महेन्द्र अधिकारीले बताए।

दिनेश राउतद्वारा निर्देशित फिल्ममा प्रदीपका साथै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

फिल्ममा गाउँले युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा समेटेएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मको छायाङ्कन जुम्लामा गरिएको थियो। फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell