PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

लागू औषध तस्करको ट्रान्जिट बन्दै नेपाल, ८ करोड मूल्य पर्ने हिरोइनसँगै समातिए दुई विदेशीसहित तीनजना



पहिलोपोस्ट

लागू औषध तस्करको ट्रान्जिट बन्दै नेपाल, ८ करोड मूल्य पर्ने हिरोइनसँगै समातिए दुई विदेशीसहित तीनजना

काठमाडौं : चार किलो लागू औषध ‘हिरोइन’ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले दुई विदेशी नागरिकसहित ३ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा एक दक्षिण अफ्रिका र एक भारतीय नागरिक रहेको ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए।

दक्षिण अफ्रिकाबाट दुबई हुँदै एक दक्षिण अफ्रिकी पुरुष असार ३१ गते काठमाडौं आएर ठमेलमा बसेका थिए। त्यस्तै भारतबाट २५ गते नेपाल आएर एक महिला बौद्धमा बसेकी थिइन्। उनीहरुले हिरोइन भारत लग्ने योजना बनाएका थिए। त्यही सिलसिलामा ३२ गते एकजना नेपालीसहित ठमेलस्थित होटलमा उनीहरु हिरोइन लिन पुगेका थिए। त्यही क्रममा ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेको हिरोइनको मूल्य बजारमा ८ करोड रहेको ब्यूरोले जनाएको छ।

लागू औषध नियन्त्रण ब्युरोले केही समयअघि ५१ किलो हिरोइन सहित ७ जना विदेशी महिलालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनीहरु पनि अफ्रिकाबाट दुबई र दुबईबाट नेपालहुँदै हुँदै भारत जाने देखिएको प्रहरीले जनाएको थियो। सबै महिलाहरुबाट बरामद हिरोइनको बजार मूल्य १ अरब २ करोड रहेको प्रहरीले जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell