PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

नेपालको खराब ब्याटिङ: कुनै ब्याट्सम्यानको बनेन अर्धशतक, स्कटल्याण्डलाई १ सय २९ रनको लक्ष्य



पहिलोपोस्ट

नेपालको खराब ब्याटिङ: कुनै ब्याट्सम्यानको बनेन अर्धशतक, स्कटल्याण्डलाई १ सय २९ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नामिबिया र नेपालबीचको सिरिजको अन्तिम खेलमा पनि ब्याटिङको खराब लयलाई नेपालले निरन्तरता दिएको छ।स्कटल्याण्डको ग्लासगोमा जारी खेलमा नेपालको ब्याटिङ आज पनि जम्न सकेन।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३५.५ ‌ओभरमा अलआउट हुँदै १२८ रन बनायो। नेपालका लागि आशिफ शेखलले सर्वाधि ४० रन बनाउँदा कप्तान सन्दीप लामिछानेले २२, बिनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १० रन बनाए। त्यसबाहेक मुख्य ब्याट्सम्यान कुशल भुर्तेलले ३, दीपेन्द्रसिंह ऐरीले ७, आरिफ शेखले शुन्य रन बनाए। त्यस्तै करण केसी र सोमपाल कामीले समान ७ रन बनाउँदा किशोर महतो शुन्य रनमा अविजित रहे।

बलिङतर्फ स्कटल्याण्डका हम्जा ताहिरले सर्वाधिक ४ विकेट लिँदा मार्क वाटले ३, गभिन मेइनले २ तथा क्रिस्टोफर म्याकब्रिडले १ विकेट लिए। स्कटल्याण्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

नेपाली टिम

सन्दीप लामिछाने, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, बिनोद भण्डारी, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, किशोर महतो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell