PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

फलामे औजार लिएर एटिएम मेसिन फुटाउन बुथमा छिरेका किशोर समातिए



पहिलोपोस्ट

फलामे औजार लिएर एटिएम मेसिन फुटाउन बुथमा छिरेका किशोर समातिए

काठमाडौंः बैङ्कको एटिएम मेसिन फोर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक किशोरलाई नियन्त्रणमा लिएको छ।

गत शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोड स्थित एनआईसी एसिया बैङ्कको एटिएम फोर्न छिरेका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वी चोक बस्ने वर्ष १९ को नरेश पुन मगर रहेका छन्। उनलाई शनिवार नियन्त्रणमा लिएर अदालतबाट चोरी उद्योगमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

किशोरले एटिएम मेसिन भित्र फलामको औजार लिएर छिरेको सिसिटिभी फुटेजमा देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell