PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

साउनको पहिलो सोमवार : पशुपतिमा एकाबिहानैबाट श्रद्धालुको घुइँचो

साउनको पहिलो सोमवार : पशुपतिमा एकाबिहानैबाट श्रद्धालुको घुइँचो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज साउनको पहिलो सोमवार। हिन्दु परम्परामा साउनको हरेक सोमवारको विशेष महत्व हुनेगर्छ। सात्विक खानपान र हरियालीको महिनाका रुपमा यस दिनलाई मनाइने गरिन्छ।

यसैले पनि आज श्रद्धालुहरु काठमाडौंको पशुपति मन्दिरमा पुगेका थिए। साउनको सोमवार शिवको पूजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ महिला भक्तजन बिहानैबाट शिव मन्दिर पुग्छन्।

सोमवारका दिन शिवको व्रत पूजा विशेष फलदायी हुने ज्योतिषहरु बताउँछन्। यो दिन व्रत नबस्ने महिलाहरुसमेत हरियो पहेलो चुरा र मेहन्दी लगाउँछन्। आजैबाट बोलबमसमेत सुरु हुँदैछ। साउनको पहिलो सोमवार बिहान पशुपति परिसरमा देखिएको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell