PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

वाग्मती प्रदेशसभा बैठक साउन ५ गते बस्ने



पहिलोपोस्ट

वाग्मती प्रदेशसभा बैठक साउन ५ गते बस्ने

काठमाडौं : वाग्मती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने भएको छ। प्रदेशसभाको १० औँ अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यसअघि असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell