PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

२० वर्षको सम्बन्धलाई विवाहमा परिणत गरे जेनिफर लोपेज र बेन एफलेकले



पहिलोपोस्ट

२० वर्षको सम्बन्धलाई विवाहमा परिणत गरे जेनिफर लोपेज र बेन एफलेकले
Photo: Momodu Mansaray/Getty Images

हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेज र अभिनेता बेन एफलेक बैवाहिक बन्धनमा बाँधिएका छन्। विवाह भएसँगै जेनिफरले आफ्नो नाम पछाडि एफलेकको थर समेत जोडेकी छिन्।

लोपेजले आइतबार भेगासमा न्युजलेटरमार्फत आफूहरुले बिहे गरेको जानकारी दिएकी छिन्।

‘प्रेम सुन्दर छ। र, २० वर्षको प्रतीक्षा पछि, मैले थाहा पाएँ कि प्रेम पनि धैर्यवान हुन्छ। ठ्याक्कै हामीले चाहिएको जस्तै भएको छ,’ जेनिफले न्युजलेटरमा लेखेकी छिन्।

जेनिफर र बेनको सम्बन्ध निकै पुरानो हो। २० वर्षअघि उनीहरूको इन्गेजमेन्ट समेत भएको थियो। तर एकवर्षपछि सम्बन्धमा दरार आएर दुबै अलग भएका थिए।। सोहीबिच दुबैले अरूसँगै बिहे पनि गरे। तर अन्तत: दुबैको बिहे भएको छ। गतवर्ष दुबैले दोस्रोपटक इन्गेजमेन्ट गरेका थिएँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell