PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न १० जना उम्मेदवार, भुवन केसीदेखि सुस्मा कार्कीसम्म‍



पहिलोपोस्ट

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न १० जना उम्मेदवार, भुवन केसीदेखि सुस्मा कार्कीसम्म‍

काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका उम्मेदवारहरुको सूची सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै उम्मेदवारी दिएका मध्ये १० जनाको दरखास्त स्वीकृत भएको जनाएको हो।

मन्त्रालयका अनुसार बोर्डका उम्मेदवार पदमा सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की परेका छन्।

छनोट भएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि सार्वजनिक गर्ने सूचनामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell