PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चीनका शक्तिशाली राष्ट्रपति सि चिनफिङ, जो चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताका लागि ९ पटक अस्वीकृत भए



पहिलोपोस्ट

चीनका शक्तिशाली राष्ट्रपति सि चिनफिङ, जो चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताका लागि ९ पटक अस्वीकृत भए
Photo : socialistchina

चिनियाँ राष्ट्रपति सि चिनफिङ, त्यहाँको सैन्य आयोगका अध्यक्ष पनि हुन्। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सिलाई कुनै बेला सीपीसीको सदस्य बन्न नै कठिन परेको थियो।

चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभी र सिन्ह्वाले राष्ट्रपति सीको कथा भन्ने गरि 'फुटप्रिन्ट' नामको भिडियो सिरिज चलाएका छन्। पछिल्लो चालिस वर्षको सीको कथा र राजनीतिक उपलब्धीलाई देखाउने गरि तयार पारिएको भिडियोमा सिले गरेको संघर्ष र परिवर्तनका कथा समेटिएका छन्।

मे २३ बाट प्रशारण सुरु गरिएको यो सिरिज ५० भागको हुनेछ।  यसै वर्ष हुने सीपीसीको जनकंग्रेसबाट सि तेस्रो कार्यकालका लागि महासचिव हुँदैछन्। महासचिवसँगै तेस्रो कार्यकालका लागि राष्ट्रपति पनि हुँदै छन् उनी।  

जनवरी १९६९ मा सि लियाङचियाह गाउँ पुगेका थिए।  उनी त्यहाँ पुग्दा गाउँमा खेत बाँझा थिए। उत्पादन थिएन्। उनले त्यतिबेलै सीपीसीको सदस्यताका लागि आवेदन दिएका थिए उनले। तर सीपीसीको सदस्य बन्ने बाटो भने सहज भएन। १० औं पटकको आवेदन पछि मात्र उनले सदस्यता पाएको सिन्ह्वाले सोमवार प्रशारण गरेको सामाग्रीमा उल्लेख छ।

लियाङचियाहमा पुगेपछि सिले त्यहाँको लवज सिकिसकेका थिए। र, त्यहाँको कृषि कार्यमा जोडिएका थिए। त्यहाँका स्थानीयहरुले उनलाई 'मिहिनती युवा'को उपाधि दिएका थिए। कुनै युवालाई यो उपाधी दिनु स्थानीय समुदायमा सम्मानको कुरा थियो।

त्यहाँका स्थानीयले उनीमाथि विश्वास गर्थे, सम्मान गर्थे। युवा भए पनि सीमा रहेको ज्ञान र अनुभवले गाउँमा उनको प्रतिष्ठा बढाएको थियो। उनीभन्दा पाकाले पनि उनीसँग सुझाव माग्थे। यद्यपि, उनी त्यतिबेला सम्म सीपीसीको सदस्य भइसकेका थिएनन्। लियाङचियाह बेइजिङबाट टाढाको बस्ती, सि आफ्ना बुबाको अवस्थाका कारण कष्टपूर्ण काम गरिरहेका थिए।

जतिबेला सिले कम्युनिस्ट युथ लिगको सदस्यताका लागि आवेदन दिएका थिए  त्यतिबेला राजनीतिक अवस्था पनि जटिल थियो। उनले कुल ८ वटा आवेदनपत्र कम्युनिस्ट युथ लिगको सदस्य बन्नका लागि दिएका थिए। निरन्तररुपमा सदस्यता अस्वीकृत भए पनि उनले हार मानेनन्।

९ औं पटकमा सीले सीपीसीकै सदस्य प्राप्तिका लागि आवेदन दिए। त्यतिबेला सीपीसीको लियाङचियाह शाखाको बैठक धेरै बस्यो। सबै सदस्‍यले उनको सदस्यताको अनुरोधलाई सहमत जनाए।  तर, फेरि एउटा विषय उठ्यो।  त्यतिबेलाका सीपीसीका गाउँ प्रमुख लियाङ युमिङले पार्टी कमिटीलाई एउटा पत्रचार गरे। माथिल्लो कमिटीमा पत्राचार गर्ने गाउँ प्रमुखकै आलोचना भयो, 'लियाङ युमिङ तपाईँले यस्तो कसरी गर्न सक्नुहुन्छ? कसरी यस्तो युवालाई पार्टीको सदस्यताका लागि सिफारिस गर्न सक्नुहुन्छ?'

आफ्नो परिवारको राजनीतिक विरासतकै कारण सीपीसी माथि सिको उच्च विश्वास थियो।  'एउटा निवेदन अस्वीकृत भए अर्को लेख्छु,' सिको अठोट थियो।

त्यसको ६ महिना पछि ससले अर्को निवेदन दिए। स्थानीय समुदायको पूर्ण समर्थन, कठोर प्रतिवद्धता, अद्भुत क्षमताका कारण सीपीसीको माथिल्लो कमिटी एउटा निर्णयमा पुग्यो, 'उनको बुबाको अवस्थाका कारण उनको राजनीतिक भविष्य जोखिममा पार्नु उचित हुँदैन। उनलाई पार्टी प्रवेशमा रोक लगाउनु हुँदैन।' त्यसपछि उनको १० औं निवेदन स्वीकृत भयो।

जनवरी १९७४ मा २० वर्षको उमेरमा नै उनी आधिकारिक रुपमा सीपीसीको सदस्य भए। त्यसपछि उनी लियाङचियाहको पार्टी सक्रेटरीमा निर्वाचित भए। पार्टी गाउँ प्रमुख भएपछि उनी झन गाउँलेको समस्या समाधानमा जुटे।

१९५३ जुन १५ मा जन्मिएका उनी पार्टी गाउँ प्रमुख हुँदै विभिन्न प्रान्त र महानगरका प्रमुख भएर काम गरिसकेका छन्। सन् १९९७ मा सीपीसीको १५ औं कंग्रेसले उनलाई पार्टीको वैकल्पिक केन्द्रीय कमिटीको सदस्यमा चुन्यो। सन् १९९९ मा फुचिन प्रान्तको भाइस गभर्नर र २००० मा गभर्नर भए।

२००२ मा पार्टीको १६ औं कंग्रेसबाट उनी केन्द्रीय सदस्य भए। पार्टीको १७ औं कंग्रेसबाट सन् २००७ मा पोलिटव्युरोमा बढुवा भए। त्यतिबेला देखि नै उनलाई तत्कालीन राष्ट्रपति हु जिन्ताओको उत्तराधिकारीको रुमा हेरिएको थियो। २००८ मा भएको ११ औं राष्ट्रिय जनकंग्रेसबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भए।

२००८ को बेइजिङ समर ओलम्पिक आयोजक समितिको प्रमुख भएर काम गरे।  त्यतिबेलै उनी हङकङ र मकाउ मामिलाका प्रमुख भइसकेका थिए। सन् २०१२ मा आइपुग्दा पार्टीको १८ औं जनकंग्रेस मार्फत उनी सीपीसीको महासचिव र सैन्य आयोगको अध्यक्षमा निर्वाचित भए। सन् २०१३ मार्च १४ मा चीनको १२ औँ राष्ट्रिय जनकंग्रेसले उनलाई राष्ट्रपतिमा निर्वाचित गर्‍यो। उनको विपक्षमा १ मत र तीन मत अनुपस्थित थिए। उनले त्यतिबेला जनकंग्रेसको २९५२ मत प्राप्त गरेका थिए। 

सन् २०१८ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित सीले त्यसै वर्ष जनकंग्रेस मार्फत संविधानमा रहेको दूई कार्यकालको नेतृत्वलाई संशोधन गरेर कार्यकाल हटाए। उनी सीपीसी र चीनमा माओ जेदोङ, तङ सियाओफिङ पछि सम्मानित नेतामा गनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell