PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

चक्रपथमा निजी कारले मोटरसाइकल र पैदलयात्रुलाई दियो ठक्कर, तीनजना घाइते



पहिलोपोस्ट

चक्रपथमा निजी कारले मोटरसाइकल र पैदलयात्रुलाई दियो ठक्कर, तीनजना घाइते

काठमाडौं : राजधानीको चक्रपथ क्षेत्रमा एउटा गाडीले ठक्कर दिँदा ३ जना घाइते भएका छन्। आज बिहान महाराजगञ्जबाट चुनदेवी तर्फ जाँदै गरेको प्रदेश ३-०२-००९ प १७८२ नम्बरको निजी कारले चप्पल कारखानाबाट नारायणगोपाल चोक आउँदै गरेको प्रदेश ३-०१-०२२ च ४४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा मोटरसाइकलमा सवार दुई जना र एक पैदल यात्रु रहेका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइते हुने पैदल यात्रु बालक रहेको बताइएको छ।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीले कार चालक ५७ वर्षीय रामेश्वर थापालाई नियन्त्रणमा लिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell