PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा



पहिलोपोस्ट

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं : एआइजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।आज उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेको हो।

आफूलाई आइजी बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका पोखरेलको रिट निवेदन खारेज भएपछि उनले राजीनामा दिएका हुन्।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासले शुक्रबार रिट खारेज गरेको थियो।

सिंहलाई आइजी बनाइएपछि पोखरेल बिदामा बसेका थिए। बिदा सकिए पछि उनले फेरि बिदाका लागि निवेदन दिएका थिए। तर बिदा अस्वीकृत भए पनि उनी प्रहरी प्रधान कार्यालयमा उपस्थित भएका थिएनन्। उमेर हदको कारण साउन २० गते एआइजी पोखरेलले अवकाश पाउँदैछन्।

नेपाल प्रहरीमा यसअघि आइजी नियुक्तिको विषयलाई लिएर डिइआइजी नवराज सिलवाल, रमेश खरेलले पनि राजीनामा दिएका थिए। अब त्यो लिष्टमा एआइजी पोखरेलको नाम थपिएको छ।

अब उनको राजीनामा प्रहरी महानिरीक्षकबाट गृहमन्त्रालय र गृहमन्त्रालयबाट मन्त्रिपरिषद पुगेर स्वीकृत हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell