PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

न्यायाधीशमाथि धमाधम कारबाही : दुई न्यायाधीशलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त



पहिलोपोस्ट

न्यायाधीशमाथि धमाधम कारबाही : दुई न्यायाधीशलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

काठमाडौं : न्याय परिषद्ले दुई न्यायाधीशलाई सेवाबाट बर्खास्त गरेको छ। न्याय परिषद्को सोमवार बसेको बैठकले उच्च अदालत महेन्द्रनगरमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिल कुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

यसअघि परिषद्ले उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेको थियो। न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त भएको खुलासा भएको थियो।

त्यस्तै, उच्च अदालत तुलसीपुरमा कार्यरत नसुरल्लाह अन्सारी र जिल्ला अदालत बर्दियाका न्यायाधीश लोकजंग शाह पनि पदमुक्त भएका थिए। अन्सारी र शाहलाई कार्यक्षमता अभाव र खराब आचरणको आरोप लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell