PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

नागपोखरीस्थित सन्तोषी माताको मन्दिरबाट सुनचाँदीका गरगहना चोरी गर्ने ३ जना समातिए



पहिलोपोस्ट

नागपोखरीस्थित सन्तोषी माताको मन्दिरबाट सुनचाँदीका गरगहना चोरी गर्ने ३ जना समातिए

काठमाडौं : नक्सालको नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका गहना चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

असार २३ गते काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी सुन तथा चाँदीका गरगहनाहरू चोरी भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतारा घर भएकी १८ वर्षीया सबिना पराजुली, गुल्मी मुर्साकोट नगरपालिका घर भएका २५ वर्षीय विष्णु पछाई र सर्लाही लालबन्दी नगरपालिकाका २० वर्षीय सिद्धार्थ बुढाथोकी रहेका छन्।

उनीहरूविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँकासम्बन्धी कसुर बमोजिम जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell