PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

श्रीमान् श्रीमती नै ‘हनि ट्रयापिङ’ धन्दामा : नक्कली प्रहरीको आडमा रकम असुली



पहिलोपोस्ट

 श्रीमान् श्रीमती नै ‘हनि ट्रयापिङ’ धन्दामा : नक्कली प्रहरीको आडमा रकम असुली

काठमाडौं : प्रहरीले ‘हनि ट्रयापिङ’मा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-६ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, कमलामाई-४ घर भई हाल भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्की र सिन्धुलीका कृष्णहरी खड्का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। खड्का कल्पना बस्नेतका श्रीमान् हुन्।

कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतवार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरुले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमा परिचालन गरेर ब्ल्याकमेल गरेको कार्यालयले जानकारी दिएको छ।

उनीहरुले विभिन्न मानिसहरुलाई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै डर धम्की देखाएर ब्ल्याकमेल गरी रकम असुल गरेको उजुरी कार्यालयमा परेको थियो। सो धन्दामा कार्कीले नक्कली प्रहरी निरीक्षक बनेर धम्की दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell