PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

युरोपका अधिकांश देशमा अत्याधिक गर्मी, डढेलो नियन्त्रण हुन सकेन



पहिलोपोस्ट

युरोपका अधिकांश देशमा अत्याधिक गर्मी, डढेलो नियन्त्रण हुन सकेन
FILE PHOTO : REUTERS

युरोपियन राष्ट्रहरुमा डढेलोसँगै अत्याधिक गर्मी हुँदा जनजीवन प्रभावित भएको छ। सोमवार युरोपियन राष्ट्रहरुमा अत्याधिक गर्मी हुँदा मंगलवार पनि पूर्वी युरोपियन राष्ट्रहरुको तापक्रमणमा उच्च बिन्दुमा पुगेको र ‘हिट वेभ’ उत्तरतर्फ सरेको बीबीसीले उल्लेख गरेको छ।

तापक्रम बढेसँगै फ्रान्स र बेलायतमा ‘हिट वार्निङ’ दिइएको छ। त्यहाँको तापक्रमण हालसम्मकै बढी हुन सक्ने भन्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ। फ्रान्सका विभिन्न शहरको तापक्रम सोमवार ४२ डिग्री सेल्सियससम्म पुगेको थियो। सोमवार बेलायतको सफ्फ्लोकको तापक्रम ३८.१ डिग्री सेल्सियस पुग्दा आउने दिनमा त्यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। बेलायतमा गर्मीका कारण रेल र विमान सेवाहरु रद्द भएका छन्।

यस्तै, सोमवार स्पेनको तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा नेदरल्याण्ड्सको तापक्रम हालसम्मबै उच्च बिन्दुमा पुग्यो। वेस्टडपको तापक्रम ३३.६ डिग्री सेल्सियस पुगेको थियो। आज त्यहाँको तापक्रम ३९ डिग्री पुग्न सक्ने अनुमान गरिएको छ।  

फ्रान्स, स्पेन, पोर्चुगल र ग्रीसमा डढेलोका कारण हजारौं मानिसलाई स्थानान्तरण गरिएको छ। सबै देशमा गरेर हजारौं हेक्टर जमिन नष्ट गरेका छन्। डढेलो पूर्ण रुपमा अझै नियन्त्रणमा आउन सकेको छैन। जसकारण युरोपको तापक्रमण वृद्धि जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell