PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

निर्वाचनमा स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्छ : ईश्वर पोखरेल



पहिलोपोस्ट

निर्वाचनमा स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्छ : ईश्वर पोखरेल
तस्विर : रासस

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रदेशको नामाकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको बताएका छन्। सात प्रदेशमध्ये प्रदेश १ को मात्र नामाकरण हुन बांकी छ। प्रदेशसभाको कार्यकाल सकिनु अघि नै नामाकरण गर्न अहिले दलहरु जुटेका छन्।

यसबिच आज विराटनगर पुगेका पोखरेलले प्रदेशको नामाकरणका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने मत राखेका हुन्।

सोही क्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरे। निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउँदै उनले निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्ने सम्भावना भने रहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell