PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

अभिनेता सबिन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौलाचयमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने



पहिलोपोस्ट

अभिनेता सबिन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौलाचयमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने

काठमाडौं : अभिनेता सबिन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा नि:शुल्क रुपमा स्यानिटरी प्याड उपलब्ध गराउने बताएका छन्। उनले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडसहितकको बाकस राख्ने  जानकारी दिएका छन्।

सबिनले राष्ट्रिय सभागृह अगाडि, भूगोल पार्क, गोंगबु बसपार्क, गौशाला र नयाँ बानेश्वरका सार्वजनिक शौचालयमा नि:शुल्क प्याडको सुविधा दिने बताएका छन्।

‘सार्वजनिक शौचालयमा नि:शुल्क प्रयोग गर्न सकिने महिनावारी प्याड सहितको बाक्स राख्ने विचार गर्दैछु। जसबाट आपतकालिन समय तथा किनेर प्रयोग गर्न नसकिने दिदी/बहिनी तथा आवश्यक पर्ने सम्पूर्ण नारीहरुको लागि चाहे एक दिन भएनी सुविधा हुन सक्ने आशा गरेको छु।’

उनी अघि थप्दै लेख्छन्, ‘अब यसो गर्दै गर्दा सामाजिक काम देखाएर हिरो बन्न खोजेको भन्ने पनि आरोप राम्रो नराम्रो कमेन्ट आउन सक्छ। ल हो मैले माने म यस्तो काम गरेर हिरो नै बन्न खोजेको रे अब तपाईको नी पालो हिरो बन्ने चाहे त्यो सहयोग सानो नै किन नहोस।’

यस कामको लागि काठमाडौं महानगरपालिकासँग सल्लाह र अनुमति लिने समेत उनले उल्लेख गरेका छन्। सबिन अभिनित फिल्म ‘म’ साउन २० गतेदेखि प्रदर्शनको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell