PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार



पहिलोपोस्ट

नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार

काठमाडौं : नेपाल प्रेस युनियनको अध्यक्ष पदका लागि अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छिन्। आज अनामनगरमा आयोजित एक कार्यक्रम आयोजना गरि विन्दुले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकी हुन्।

यससँगै संस्थापन पक्षका सरोज अधिकारी र इश्वरी ओझा अध्यक्ष पदको दाबेदारीबाट बाहिरिएका छन्।

विन्दुसँगै महासचिवमा जगन्नाथ दुलालले पनि उम्मेदवारी घोषणा गरेका छन्। विन्दु नेपाल टेलिभिजनमा कार्यरत छिन्। उम्मेदवारी घोषणा क्रममा विन्दुले व्यवसायिक पत्रकारिता र श्रमजीवी पत्रकारका हकहितका लागि काम गर्ने बताइन्। साथै, लोकतन्त्रको रक्षाका, पेशागत हित, पत्रकारको तालिम, क्षमता अभिवृद्धि आफ्नो एजेन्डा रहेको उनले बताएकी छिन्।

संस्थापनइतरबाट शिव लम्साल र दीपक आचार्य सभापतिका दाबेदार छन्।

वाग्मती प्रदेशको राजधानी हेटौंडामा साउन ६ र ६ गते प्रेस युनियनको महाधिवेशन हुँदैछ। ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell