
लण्डन चिडियाखानामा रहेको एक लोपोन्मुख एसियाटिक सिंहको कम्प्युटेड एक्सियल टोमोग्राफी (सीएटी) स्क्यान गरिएको फोटो अहिले सामाजिक सञ्जालमा चर्चित छ। चिडियाखानाको भेटेरिनरी टोलीले सिंहको कानको संक्रमणको उपचार गर्न गत जुलाई ११ मा सीएटी स्क्यान गरेको थियो।
चिडियाखानाका ६ जनाले ‘भानु’ नामक सो सिंहलाई उठाएर स्क्यानरमा राखेका थिए। स्क्यानरमा राख्नुअघि १२ वर्षको १८० किलोग्रामको सो सिंहलाई एनेस्थेसिया दिएर बेहोस पारिएको थियो।