
काठमाडौं : पछिल्लो २४ घण्टामा साढे ३ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ३५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ।
आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका ९६ जना, ललितपुरका ६८ जना र भक्तपुरका १४ जना रहेका छन्। यससँगै काठमाडौंका संक्रिय संक्रमितको संख्या १ हजार १०९ जना पुगेको छ भने ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना सक्रिय कोरोना संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन्।