PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

६ वटा झोलामा फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह, कुन झोलामा कुन फोहोर छुट्याउने ?



पहिलोपोस्ट

६ वटा झोलामा फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह, कुन झोलामा कुन फोहोर छुट्याउने ?

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरण गर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।

नगरपालिकाले झोला अनुसार फोहोर वर्गीकरण गर्न सूचना जरी गरेको छ।

कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने भनिएको छ। उक्त निर्णय साउन ४ गतेदेखि नै लागू हुने नगरप्रमुख गिरिले बताए।

चन्द्रागिरिले शून्य फोहोर अभियानअन्तर्गत उल्लिखित झोलाहरु वडा कार्यालय तथा टोल सुधार समितिमार्फत निःशुल्क वितरण गरिने बताएको छ। सो नगरपालिकाले फोहोरको रकम तोकिएको समयमा बुझाउनसमेत आम नगरवासीलाई आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell