PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बेलायतको तापक्रम पहिलोपटक ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो, कयौं स्थानमा आगलागीका घटना



पहिलोपोस्ट

बेलायतको तापक्रम पहिलोपटक ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो, कयौं स्थानमा आगलागीका घटना
Photo : PA Media

बेलायतको तापक्रम पहिलोपटक ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। लिङ्कनशिरको तापक्रम ४०.३ डिग्री सेल्सियस मापन गरिएको हो।  यसअघि बेलायतमा अधिकतम तापक्रम सन् २०१९ मा ३८.७ डिग्री सेल्सियम मापन गरिएको थियो।

तापक्रमण वृद्धि भएसँगै बेलायतका कयौं स्थानमा आगलागीका घटना भएको अधिकारीहरुले जनाएका छन्। युरोपभर डढेलोले तापक्रम बढ्दा त्यसको असर बेलायतमा पनि परेको छ। वेनिङटनमा घाँसबाट आगो फैलिएको थियो। जसकारण ८ वटा घर र एउटा स्थानीय चर्च नष्ट भएका छन्। यस्तै, लिचेस्टरशीर, योर्कशिर, सफ्लोक, नर्फ्लोक लगायतका स्थानमा पनि आगलागीका घटना भएका छन्। आगलागीका घटनामा घाइते हुनेहरुलाई अहिले अस्पताल लगिएको छ। लन्डनमा मानिसहरुलाई आगो नबाल्न र बार्बिक्यू पनि नबनाउन आग्रह गरिएको छ।

पछिल्लो समय प्रतिकूल मौसमका कारण बेलायतमा कयौं मानिसको मृत्यु समेत भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell