PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

कोरोना भाइरस : कूल सक्रिय संक्रमित मध्ये ६६ प्रतिशत काठमाडौं उपत्यकामा



पहिलोपोस्ट

कोरोना भाइरस : कूल सक्रिय संक्रमित मध्ये ६६ प्रतिशत काठमाडौं उपत्यकामा

काठमाडौं : पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। मंगलवार थप ३५७ जनामा संक्रमण पुष्टि भयो। जसमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा भेटिए।

मंगलवार काठमाडौंमा ११९ जनामा संक्रमण देखिँदा ललितपुरमा ३० जना र भक्तपुरमा ५ जनामा गरि उपत्यकामा कूल १५४ जनामा संक्रमण पुष्टि भयो। अन्य जिल्लामा पनि संक्रमितको संख्या बढ्दो छ।

हाल देशभर १ हजार ९८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा बढी सक्रिय संक्रमितहरु काठमाडौंमा छन्। काठमाडौंमा १ हजार १०९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना सक्रिय कोरोना संक्रमित छन्। उपत्यकामा हाल १ हजार ३११ जना कोरोनाका ‘एक्टिभ केस’ छन्। जुन कूल सक्रिय संक्रमितको ६६ प्रतिशत हो।

कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell