PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

गर्भनर अधिकारीको राजीनामा माग्दै विद्यार्थीले टाँसे राष्ट्र बैंक अगाडि कालो ब्यानर



पहिलोपोस्ट

गर्भनर अधिकारीको राजीनामा माग्दै विद्यार्थीले टाँसे राष्ट्र बैंक अगाडि कालो ब्यानर

काठमाडौं : सत्तारुढ दलका विद्यार्थी संगठनहरुले गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन्। बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँसेर उनीहरुले विरोध जनाएका छन्।

‘अवैध गभर्नर राजीनामा दे’ नारा लेखिएको ब्यानर उनीहरुले बैंक परिसर भन्दा अघि टाँसेका थिए।

एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको बर्खास्ती माग गरेका हुन्।

सरकार मौद्रिक नीति जारी गर्ने तयारीमा रहेको बेला गभर्नर विवादमा तानिएका हुन्। पार्टीमा गभर्नरको संलग्नताबारे अहिले सदनदेखि सडकसम्म बहस चर्किएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell