PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

तीन घण्टापछि संचालनमा आयो पृथ्वी राजमार्ग



पहिलोपोस्ट

तीन घण्टापछि संचालनमा आयो पृथ्वी राजमार्ग

काठमाडौं : पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड पुनः संचालन भएको छ। आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि संचालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो। सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग संचालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

राजमार्ग संचालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाडौं जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन्। पृथ्वी राजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला-बेलामा पहिरा खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell