PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

मूल्यवृद्धिको विरोधमा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने



पहिलोपोस्ट

मूल्यवृद्धिको विरोधमा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले बढ्दो महंगीविरुद्ध प्रदर्शन गर्ने भएको छ। इन्धन र खाद्यवस्तुको मूल्यवृद्धिका कारण नागरिकको जीवन कष्टकर बन्दै गएको भन्दै साउन १६ गते एमालेले काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने जनाएको हो।

सरकारविरुद्ध हुने प्रदर्शन वसन्तपुरबाट सुरु हुने र उपत्यकाका तीनैवटा जिल्ला कमिटी र जनसंगठन परिचालन हुने जनाइएको छ। जनप्रदर्शनका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एमालेले कमिटी पनि बनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell