PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

‘पीपल डाँडे साईली’ गीतमा प्रेमराजा र दीपाश्रीको प्रेमकथा



पहिलोपोस्ट

‘पीपल डाँडे साईली’ गीतमा प्रेमराजा र दीपाश्रीको प्रेमकथा

काठमाडौं : लोक शैलीको गीत ‘पीपल डाँडे साईली’ सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो।

यो गीतमा गायक प्रेमराजा महत्त र गायिका अस्मिता परियारको आवाज सुन्न सकिन्छ। गीतको शब्द तथा संगीत पनि प्रेमराजाले नै तयार पारेका हुन्।

दीपक नेपाली निर्देशित गीतको भिडियोमा प्रेमराजाका साथै दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको अभिनय तथा नृत्य रहेको छ। दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायाङ्कन र प्रविण भट्टको सम्पादन छ।

कार्यक्रममा यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको महतले बताए। ‘यो गीत लेख्दा एक मोहरमा २ दाना अम्बा पाइने अवस्था थियो जुन समय अहिले फेरिएको छ। यस गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गर्छ’ उनले भने।

कलाकार दीपाश्री निरौलाले प्रेमराज महत्तसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन्।

गायक तथा कलाकार महतका ‘बाँझो खेतमा, हिउचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता गीतहरू निकै चर्चित छन्। महत्तले अब आफू गीतसंगीतमा सक्रिय रुपमा लाग्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell