PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

केजीएफसँग तुलना गरेपछि किन आक्रोशित भए शमशेराका निर्देशक करण?



पहिलोपोस्ट

केजीएफसँग तुलना गरेपछि किन आक्रोशित भए शमशेराका निर्देशक करण?

बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ हाल चर्चामा छ। २२ जुलाईबाट रिलिज हुने फिल्मको टिम यतिखेर प्रचारप्रसारमा व्यस्त छन्।

फिल्मको ट्रेलर रिलिज भएसँगै यस फिल्मको ‘केजीएफ’ र ‘गेम अफ थ्रोन्स’ सँग तुलना भइरहेको छ। हाल नै शमशेराको टिम प्रमोशनका लागि दिल्ली पुगेको थियो। जहाँ फिल्मका निर्देशक करण मलहोत्रालाई पत्रकारले शमशेराको ‘केजीएफ’ र ‘गेम अफ थ्रोन्स’ तुलनाको विषयमा प्रश्न सोधे।

करणले आक्रोशित हुँदै फिल्म हेरिसकेपछि मात्रै तुलना गर्न जवाफ दिएका छन्। मल्होत्राले भने, ‘गेम अफ थ्रोन्स र केजीएफलाई तुलना गर्नु राम्रो कुरा हो। तर फिल्म हेरेपछि मात्रै तुलना गर्नुहोस्। मलाई लाग्छ कि तपाईँले फिल्म हेरेपछि राम्रोसँग मूल्यांकान गर्न सक्नुहुन्छ। आशा छ कि दर्शकले फिल्म हेर्नेछन्। र,शमशेरालाई अन्य फिल्मका पात्रसँग तुलना गर्ने छैनन्।’

यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा रणवीर पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। फिल्ममा रणवीरका साथै सञ्जय दत्त र वाणी कपुरको पनि मुख्य भूमिका रहेको छ। यस फिल्मको कथा सन् १८०० को दशकको अन्ततिरको घटनामा आधारित छ, जहाँ डैकत आदिवासीहरूले आफ्नो अधिकार र स्वतन्त्रताका लागि बेलायतीहरूसँग गरेको लडाई देखाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell