PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

६ पटक प्रधानमन्त्री भइसकेका रनिल बने श्रीलंकाका नयाँ राष्ट्रपति, प्रदर्शन उग्र होला कि साम्य?



पहिलोपोस्ट

६ पटक प्रधानमन्त्री भइसकेका रनिल बने श्रीलंकाका नयाँ राष्ट्रपति, प्रदर्शन उग्र होला कि साम्य?
Photo : Getty Images

रनिल विक्रमासिंघे श्रीलंका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उनी विजयी भएका हुन्।

देश चरण आर्थिक संकटसँग गुज्रिरहँदा प्रधानमन्त्री महिन्दा राजपाक्षेको राजीनामा पछि उनलाई प्रधानमन्त्री बनाइएको थियो। देशभर आन्दोलन बढ्दै जाँदा राष्ट्रपति गोताबाय राजपाक्षेले पनि राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए।

आज सम्पन्न निर्वाचनमा  रनिलले १३४ मत पाए। रनिल ६ पटक श्रीलंकाका प्रधानमन्त्री भइसकेका छन्। तर, उनले एकपटक पनि पूर्ण कार्यकाल सरकार चलाउन सकेका छैनन्।

रनिलविरुद्ध चुनावी मैदानमा उत्रेका थिए डुल्लास अलाहप्पेरुमा र अनुरा कुमार दासनायके। डुल्लासले ८२ मत पाउँदा अनुराले मात्र ३ मत पाएका छन्।

डुल्लास सत्तारुढ सांसद भए पनि उनलाई विपक्षी दलको साथ थियो। डुल्लास राजपाक्षे सरकारमा मन्त्री पनि थिए। पछि उनले राजीनामा दिएका थिए।

विक्रमासिंघे राष्ट्रपति बनेपछि श्रीलंकामा फेरि प्रदर्शन उग्र हुन सक्ने जनाइएको छ। आन्दोलनकारीहरुले राजपाक्षे र विक्रमासिंघे सत्तामा रहेसम्म प्रदर्शन गर्ने बताउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell