PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसपीपीमा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्र पठाउन किन ढिला गरिरहेको छ?



पहिलोपोस्ट

एसपीपीमा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्र पठाउन किन ढिला गरिरहेको छ?

काठमाडौं : अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) मा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि आधिकारिक रुपमा अमेरिकालाई जानकारी दिइएको छैन। यस विषयमा परराष्ट्र मन्त्रालयल अझै छलफलमा रहेकोले पत्र नपठाउन ढिला भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा एसपीपीमा सहभागी नहुने जानकारी सहितको पत्र पठाउन ढिलाइ भएको बारेमा सोधिएको प्रश्नमा उनले सरकारले गरेको निर्णय कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा आफूहरु छलफलमा रहेको बताएकी हुन्।

भनिन्, ‘अझै अध्ययनमा परराष्ट्र रहेको छ। हामी सरोकारवाला सँग छलफल गरिरहेका छौँ।  यसअघि पनि सहयोग आइरहेको छ। विपत् सहयोग, पूर्वाधार लगायतका विषय छन्। आइरहेका सहयोग नरोकिउन भन्ने हाम्रो कन्सर्न हो। हामी त्यही अनुसार अध्ययन र छलफलमा छौँ। सरकारको निर्णय कार्यान्वयन का लागि छलफलमा छौँ,’ उनले भनिन्।

एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको थियो। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई अधिकार दिइएको थियो। सरकारले सहभागी नहुने भनेर निर्णय गरे पनि अमेरिकालाई जानकारी नगराएको भन्दै अहिले प्रश्न उठिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell