PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त, सचेतकमा मीनबहादुर विश्वकर्मा



रासस

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त, सचेतकमा मीनबहादुर विश्वकर्मा
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन्। यादव पूर्व उपसभामुखसमेत हुन्।

यसैगरी, सचेतकमा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिइन्। कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त भएको हो।

त्यस्तै, यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गत साता सो पद पनि रिक्त भएको थियो। दुवै पदमा आज कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले सो नियुक्ति गरेका हुन्।

संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell