PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भ्रष्टाचारीलाई कारबाहीदेखि निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग राख्दै जोशीले सुरु गरे सत्याग्रह



पहिलोपोस्ट

भ्रष्टाचारीलाई कारबाहीदेखि निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग राख्दै जोशीले सुरु गरे सत्याग्रह

काठमाडौं : सामाजिक अभियन्ता ईश्वरदत्त जोशीले विभिन्न १७ बुँदे माग राख्दै आजबाट चौँथो चरणको सत्याग्रह आन्दोलन सुरु गरेका छन्। भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेदेखि निर्मला पन्तका हत्याराको पत्ता लगाउन माग राख्दै उनले बसन्तपुरमा सत्याग्रह सुरु गरेका हुन्।

जोशीले आज पत्रकार सम्मेलन गर्दै स्वास्थ्य क्षेत्रमा लगानी गरी राज्यले जस्तोसुकै बिरामी भएपनि निःशुल्क उपचार गरी स्वस्थ बनाउने राज्यको जिम्मेवारी बहन गर्नुपर्नेलगायतका माग राख्दै आफूले आन्दोलन सुरु गरेको जानकारी दिए।

त्यस्तै, भ्रष्टाचार निर्मुल पार्नको लागि निजामति कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको सेवा सुविधा बढाउनु पर्ने भन्दै उनले भ्रष्टाचारीहरुलाई सामाजिक बहिष्कारसहितको कडा भन्दा कडा कानुनी कारबाहीको व्यवस्था गरिनुपर्ने माग गरेका छन्।

छिटो भन्दा छिटो दोषी पत्ता लगाई बलात्कृत चेलीहरुलाई न्याय दिनुपर्ने पनि उनले सरकारसँग माग गरेका छन्।

‘देशमा २/२ वटा सरकार परिवर्तन हुँदासम्म पनि निर्मला पन्त लगायत कयौँ चेलीहरुको बलात्कारी बचाउन न्यायाधीश, प्रहरीहरु किन लागि पर्दैछन्? त्यस्ता व्यक्तिलाई पनि बलात्कारी ऐन अन्तर्गत कारबाही गर्नुपर्ने र बलात्कृत चेलीहरुलाई छिटो भन्दा छिटो दोषी पत्ता लगाई न्याय दिनुपर्ने,’ अभियन्ता जोशीको माग छ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब चार वर्ष पुगेको छ। तर, उनको हत्याराको हालसम्म पनि पत्ता लाग्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell