PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

सिफारिस २० देशका राजदूतमध्ये ४ जनाको अझै आएन एग्रीमो : १३ जना नियुक्त, तीन जना नियुक्तिको प्रक्रियामा



पहिलोपोस्ट

सिफारिस २० देशका राजदूतमध्ये ४ जनाको अझै आएन एग्रीमो : १३ जना नियुक्त, तीन जना नियुक्तिको प्रक्रियामा

काठमाडौं : सरकारले २० देशका लागि राजदूत सिफारिस गरेकामा अझै ४ वटा देशहरुले स्वीकृति पठाएका छैनन्।

गत वर्ष चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिसको निर्णय गरेको थियो। सिफारिस भएकामध्ये १६ देशले सहमति पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। परराष्ट्र मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले तीमध्ये १३ देशका लागि राजदूतहरुको नियुक्ति भइसकेकोसमेत जानकारी दिइन्।

‘१६ मुलुकबाट सहमति प्राप्त भइसकेको छ। जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो’, उनले भनिन्, ‘३ मुलुकमा नियुक्तिको प्रक्रिया अघि बढिसेको छ। ४ जना राजदूत कार्यभार सम्हाल्न त्यहाँ पुगिसक्नुभएको छ।’

सिफारिस भएकामध्ये साउन १ गते जापानका लागि राजदूतमा डाक्टर दुर्गाबहादुर सुवेदीलाई राष्ट्रपति विद्या देवी भण्डारीले नियुक्त गरेकी छन्। त्यस्तै, बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रीलंकाका लागि वासुदेव मिश्र, अष्ट्रिया तथा राष्ट्र सं‌घीय नियोग भियनाका लागि स्थायी प्रतिनिधिमा भरतकुमार रेग्मीले नियुक्ति पछि सपथसमेत लिइसकेका छन्। त्यस्तै इजिप्टका लागि सुशिल कुमार लम्साल, बंगलादेशका लागि घनश्याम भण्डारीले समेत सपथ लिइसकेका छन्।

यसैगरी, सिफारिस भएका कतारका लागि डाक्टर नरेश विक्रम ढकाल, चीनका लागि विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजाललाई राष्ट्रपति भण्डारीले राजदूतमा नियुक्त गरेकी छन्। उनीहरु नियुक्ति पछि सपथ लिएर कार्यभार समाल्न गइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell