PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

‘माइकल अधिकारी’को ट्रेलरमा पैसाको लागि कोख भाडामा दिने दम्पतीको कथा



पहिलोपोस्ट

‘माइकल अधिकारी’को ट्रेलरमा पैसाको लागि कोख भाडामा दिने दम्पतीको कथा

काठमाडौं : सरोगेसीको कथामा बनेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्मको काठमाडौंमा आयोजित कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ।

३ मिनेट लामो ट्रेलरमा पैसाको लोभमा परेर कोख भाडामा दिने दम्पतिको कथा देखाउन खोजिएको छ। फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल र सृष्टि श्रेष्ठले पैसाका लागि कोख भाडामा दिएको तर बच्चा जन्मेपछि अरूलाई सुम्पिदा त्यसले पारेको मानसिक प्रभाव र मातृत्वलाई ट्रेलरमा देख्न सकिन्छ।

यस फिल्ममा सौगात र सृष्टिका साथै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, सुजना ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। निर्देशक रौनियारको कथा रहेको फिल्ममा पटकथा तथा संवाद शैलेश कँडेलको छ। यो फिल्म कृष्ण जन्माष्टमीको अवसरमा आगामी भदौ ३ गते प्रदर्शन हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell