PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

नेपाली क्रिकेट टोलीबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त
Photo: @canadiancricket/Twitter

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

दाशानायकेले आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्। उनी आज नै  क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। क्रिकेट क्यानडाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

दाशानायकेले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताए। स्कटल्यान्ड जानु अगाडि नै उनले क्यानलाई मेल मार्फत राजीनामा पत्र बुझाएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell