PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

थप ३९१ जनामा कोरोना पुष्टि, परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा संक्रमण



पहिलोपोस्ट

थप ३९१ जनामा कोरोना पुष्टि, परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा साढे ३ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ९८१ जनाको परीक्षण गर्दा ३९१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २७६ पुगेको छ।

आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका १६१ जना, ललितपुरका १९ जना र भक्तपुरका ८ जना रहेका छन्। यससँगै काठमाडौंका संक्रिय संक्रमितको संख्या १ हजार २७० जना पुगेको छ भने ललितपुरमा १७९ जना र भक्तपुरमा ५० जना सक्रिय कोरोना संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell