काठमाडौंः जल तथा मौसम विज्ञान विभागले धोबीखोला र विष्णुमति नदीमा पानीको सतह बढेको भन्दै सतर्क रहन अपिल गरेको छ। पछिल्लो २ घण्टामा जलाधारमा भारी वर्षा मापन भएको विभागले जनाएको छ।
तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्क रहन विभागले अपिल गरेको हो। जल सतह करिब २ मिटले बढेको विभागले जनाएको छ।
साउन-४,राती ८;३०बजे#SMSAlert
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 20, 2022
पछिल्लो २ घण्टा काठमाण्डौको विष्णुमती,धोवीखोला जलाधारमा भारी बर्षा मापन भएको छ,विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह २ मिटले बढेको छ,विष्णुमतीको पानी किनारको बस्ती र सडक सम्म आउन सक्छ,भोलि बिहान सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ