PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

युक्रेनकी प्रथम महिला अमेरिकामा, मागिन् भूमि बचाउन हतियार



पहिलोपोस्ट

युक्रेनकी प्रथम महिला अमेरिकामा, मागिन् भूमि बचाउन हतियार
Photo : Saul Loeb | AFP | Getty Images

रसिया र युक्रेनबचि युद्ध भइरहेको १४८ दिन भइसकेको छ। यसबिच ९१ लाखभन्दा बढि युक्रेनीहरु पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौंको मृत्यु हुँदा अर्बौंको सम्पत्ति विनाश भइसकेको छ।

युद्ध जारी रहँदा युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले ‘कमान्ड’ छाडेका छैनन्। उनलाई साथ दिन अहिले युक्रेनकी प्रथम महिला ओलेना जेलेन्सका अमेरिका पुगेकी छिन्। उनले त्यहाँ राष्ट्रपति जो बाइडेन अमेरिकी प्रथम महिला जिल बाइडेनसँग भेट गरेकी छिन्। त्यसक्रममा ओलेनाले युद्ध लड्न समर्थन मागेकी थिइन्। दुई प्रथम महिलाबिच युक्रेनलाई सहयोग जारी रहने र युद्धबाट हुने असरलाई मिलेर सामना गर्नेबारेमा कुराकानी भएको थियो। यस्तै, ओलेनाले बाइडेनसँग पनि छुट्टै भेट गरेकी थिइन्।

 साथै अमेरिकी कंग्रेसलाई पनि सम्बोधन गरेकी छिन्।

सम्बोधनका क्रममा उनले युद्ध लड्न हतियार माग गरेकी छिन्। ‘जे कुरा म कहिलै माग्न चाहन्न। म आज त्यही माग्छु। म यहाँ हतियार माग्दैछु। यो अरु कसैको भूमि पाउन प्रयोग हुँदैन, मात्र हाम्रो घर बचाउन प्रयोग हुन्छ,’ उनले भनिन्।

गत मार्चमा युक्रेनी राष्ट्रपति जेलेन्सकीले पनि कंग्रेसलाई सम्बोधन गरेका थिए। ओलेनाले १५ मिनेट कंग्रेसमा सम्बोधन गरेकी थिइन्। सुरुमा उनले रसियाको आक्रमणबाट मारिएकी युक्रेनी बालिकाको तस्विर देखाएर सम्बोधन सुरु गरेकी थिइन्। त्यसपछि उनले युक्रेनको भयावह अवस्थाको तस्विरहरु देखाएकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell