PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आजको मौसम पूर्वानुमान : दिनभर वर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

आजको मौसम पूर्वानुमान : दिनभर वर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। नियमित मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको र प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जनाएको हो।

बिहीवार दिउँसो देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

यस्तै, आज राती देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। देशको पहाडी भू-भागका केहि स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम जनाएको छ। त्यसकारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell