PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण



पहिलोपोस्ट

वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण

वीरगंज : देशभर फेरि कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। वीरगंजमा पनि फेरि कोरोना संक्रमितको संख्या बढेको छ।

नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालामा ३४ जनाको स्वाबको नमुना परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। पुष्टि भएका ६ जनामा १ जना बारा कलैयाको र ५ जना वीरगंजकै बासिन्दा रहेका छन्। १८ देखि २४ वर्ष उमेर समुहका ६ जना नै महिला रहेको उनले जानकारी दिए। संक्रमण पुष्टि भएको संक्रमितमा समान्य रुघाखोकी तथा ज्वरोको लक्षण रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

त्यसैगरि, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार नारायणी अस्पतालको रिपोर्ट बाहेक धुनषमा ४ ,रौतहटमा १ र एक जना अन्य प्रदेशको गरी कुल ६ जनामा कोरोना संक्रमित फेला परेको निर्देशनालको प्रंवक्ता प्रका शर्माले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell