PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

स्याङ्जामा पोखरीमा डुब्दै गरेकी छोरीलाई बचाउन जाँदा बुवाको पनि मृत्यु



पहिलोपोस्ट

 स्याङ्जामा पोखरीमा डुब्दै गरेकी छोरीलाई बचाउन जाँदा बुवाको पनि मृत्यु

काठमाडौं : स्याङ्जाको गल्याङ-६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ-६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए। तत्काल उद्धार गरी वालिङस्थित प्राथमिक अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell