काठमाडौंः चितवनको भरतपुर महानगरपालिका २९ स्थित चौध किलो भन्ने ठाउँमा ढुङ्गा खस्दा बाटो अवरुद्ध भएको छ।
आज बिहान दुई वटा ठुलो ढुङ्गा खस्दा बाटो अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। अहिले एकतर्फी बाटो सञ्चालनमा आएको छ। ढुङ्गा पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए।
बाढी पहिरोको कारण देशका अन्य केही जिल्लामा पनि बाटो अवरुद्ध भएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाका केही स्थानमा भारी वर्षा भइरहेको भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।